+
+
Shares

क्यासिनोमा नेपालीलाई जुवा : ११ जना आरोपित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना मंगलबार दिउँसो पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूबाट १० लाख ८५ हजार ६ सय नगद र केही क्वाइन बरामद भएको प्रहरीले जनाएको छ।
  • उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट २ दिनको म्याद थप भएको छ।

३० भदौ, काठमाडौं । क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा ११ जना पक्राउ परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बुको माकालुङ गाउँपालिका–३ का ३९ वर्षीय नुवाङ शेर्पा, सोलुकै दूधकुण्ड नगरपालिका–९ का ३९ वर्षीय पासाङ शेर्पा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ कि ३२ वर्षीया ज्योति मगर, दोलखाको बैतेश्वर गाउँपालिका–८ का ३५ वर्षीय नारायण खत्री छन् ।

त्यसैगरी काठमाडौंका ४४ वर्षीय दिल लामा, काभ्रको रोशी गाउँपालिका–१ का ४४ वर्षीय अशोक लामा, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय सञ्जय तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ४० वर्षीय आशिष खड्का, ललितपुरका ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटाको जोरपाटी गाउँपालिका–४ का ३० वर्षीय सुदीप अधिकारी छन् ।

उनीहरूलाई परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूबाट १० लाख ८५ हजार ६ सय नगद, र केही क्वाइन बरामद भएको छ । पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट २ दिनको म्याद थप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?