Comments Add Comment

फूडमाण्डुको भुक्तानी अब आईएमई पेबाट

३ चैत, काठमाडौं । अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खाना/खाजा खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आईएमई पे एपमार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड र फूडमाण्डुबीच सम्झौता भएसँगै अबदेखि आईएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुवैबाट गर्न सकिने भएको हो ।

उक्त सेवा शुभारम्भ गर्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आईएमई पे’ को भुक्तानी सेवासँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको बताए । आईएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको उनको भनाइ थियो ।

कार्यक्रममा फूडमाण्डुका ब्राण्ड, मार्केटिङ तथा बिक्री प्रमुख श्यामरत्न मालीले फूडमाण्डुबाट खरिद गर्दा ‘आईएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।

सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सकिने छ । फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment