Comments Add Comment

बसन्तपुरमा ठड्याइयो होलीको चीर (फोटो फिचर)

८ चैत, काठमाडौं । बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

होलीको चीर ठड्याइँएसँगै आज आइतबारदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ ।

चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।

होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment