+
+
Shares

उपत्यकामा सवारी चेकजाँचमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते १२:१९

१५ चैत, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ ।

होलीमा अवाञ्‍छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्‍याम अधिकारीले जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘ होलीमा अवाञ्छित गतिविधि नहोस र कोरोनाको सतर्कताका लागि पनि सवारी चेकजाँचमा कडाइ गरेका हौँ ।’

काठमाडौँ उपत्‍यकामा ८  सयभन्दा बढी प्रहरी परिचालन गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?