Comments Add Comment

तराई-मधेसमा आज होली पर्व मनाइँदै

१६ चैत, काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ ।

पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।

होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment