Comments Add Comment

नियमित खाजाको रूपमा खान सकिने ८ परम्परागत खाद्य परिकारहरू

काठमाडौं । नेपाल खाद्य परिकारको लागि पहिलेदेखि नै समृद्ध मुलुक हो । यहाँ जति धेरै जातजाति भाषाभाषी रहेका छन् । उनीहरू सबैको आ–आफ्नै विशिष्ट परिकार पाइन्छ । जुन पछिल्लो समय ब्राण्डिङ हुँदै गएको छ । जस्तो कुनै बेला अनिकालमा खाने र गरिबहरूले खाने भनेर चिनिने कोदाको रोटी होस् या ढिँडो नै अहिले ब्राण्डिङ हुँदै गएको छ । मध्यकालदेखि सुरु भएको मानिने चिउराको परिकार अहिलेसम्म पनि लोकप्रिय खाद्य परिकारको रूपमा रहेको छ । त्यसैले केही तल उल्लेखित परम्परागत खाद्य परिकारहरु रहेका छन् जुन हामीले खाजाको रूपमा प्रयोग गर्न सकिन्छ ।

गुन्द्रुक र भटमास
गुन्द्रुक र भटमास एक लोकप्रिय नेपाली परिकार हो । गुन्द्रुकलाई रायो साग, रायोको पात, मुलीको पात र फूलगोभी जस्ता धेरै पातदार तरकारीलाई सुकाएर बनाउने गरिन्छ । जसमा यसको गाढा खैरो रंगको विशेषताले बनेको खुर्सानी उत्पादन गर्न सकिन्छ। यो एक बहुमुखी खानायुक्त वस्तु हो जुन दुवैलाई तरकारी वा अचारको रूपमा पनि तयार पार्न सकिन्छ । यसलाई सुप बनाएर खाँदा बढी उपयुक्त हुन्छ ।

समय बाजी
समय बाजी नेवारी खाना हो । जसमा विभिन्न व्यञ्जनहरू सम्मिलित हुन्छ । जसलाई स्वास्थ्य, दीर्घायु, र समृद्धिको प्रतीक मान्ने गरिन्छ । सामान्यतया, यसमा बाजी, साम्य, मारी रोटी, फ्राइड सोयाबीन, ताजा अदुवा, भुटेको मासु, सुकाएको माछा, ताजा फलहरू, सौंठो मसूरको साथमा स्थानीय मदिरा समेत समावेश हुन्छ ।

भुटेको मकै
भुटेको मकै परम्परागत खाजाको परिकार हो । यो स्वादिष्ट र पौष्टिकताले भरिपूर्ण तरकारी पनि हो । गाउँघरतिर सजिलो र सहज नास्ता हो, भुटेको मकै । अहिले शहरियाको जिब्रो पनि भुटेको मकैमा लोभिएको छ । फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न पनि भुटेको मकै नै हो । तर, गाउँघरको रैथाने मकै र फिल्म हलमा खाइने पपकर्न केहि भिन्न छन् ।बाहिरको पपकर्न भन्दा घरमै भुटेको मकै स्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा घिउ प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।

चतामारी
चतामारी अण्डाहरू, चीज, मासु वा तरकारीयुक्त एक नेपाली चामलको रोटी हो । यसैकारण यसलाई कतिपयले नेपाली पिज्जा पनि भन्छन् ।

कोदोको रोटी
कोदोको रोटी पनि एक किसिमको रैथाने खाजा हो । कोदोको रोटी पनि आकारको आधारमा फरक फरक खालको हुन्छ । कोदाको सेल र आलुको परिकारलाई बागलुङमा ब्राण्डिङ गर्ने गरेको छ भने तनहुँका मगर समुदायले पनि कोदाको सेललाई ब्राण्डिङ गर्ने गर्छन् ।

ढिँडो
अहिले नेपाली रेस्टुरेन्टमा ढिँडोको परिकार पाइन्छ । पश्चिम नेपालमा कोदाको रोटी जस्तै ढिँडोलाई पनि ब्राण्डिङ गर्ने गरिएको पाइन्छ । बागलुङको बरेङ गाउँपालिकाका हरेक घरबास (होमस्टे)मा मुख्य परिकारको रुपमा नै लोकल कुखुराको मासु र ढिँडो खुवाउने गरिन्छ । ढिडो मकैको र कोदाको पिठोबाट बनाउने गरिन्छ । ढिडो भन्ने बित्तिकै भने कोदाको ढिँडोलाई नै बुझ्ने गरिन्छ ।

सेकुवा
सेकुवा एक नेपाली विशिष्ट पकवान हो जो भेडा, कुखुरा, सुँगुर, वा बाख्राको मासुबाट बनाउने गरिन्छ । ग्रिल गर्नुअघि मासुलाई ताजा जडीबुटी र मसलाको साथ मिसाइन्छ। यो नेपालको लोकप्रिय स्ट्रिट फूड आइटम हो। यो परिकार सामान्यतया भात र आचार ९टमाटरको अचार० को साथ खाने गरिन्छ ।

दही चिउरा
दही चिउरा पनि खाजाको रूपमा प्रयोग गर्न सकिने एउटा उपयुक्त खाद्य परिकार हो । दही र चिउराको साथमा केरा अनिवार्य हुनुपर्छ । जुन अहिले पनि प्रयोग गर्न सकिने खाद्य परिकार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment