Comments Add Comment

गर्मीयाममा कोकाकोलाले ल्यायो विशेष अफर

२२ चैत, काठमाडौं । नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीयामलाई लक्षित गरी ‘घरमा स्पेशल खानाको सानो ट्रिट’ ट्याग लाइनका साथ उपभोक्ताहरूका लागि प्रवर्द्धन क्याम्पेन ल्याएको छ ।

उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटर प्याकको निःशुल्क प्राप्त गर्ने कोकाकोलाले जनाएको छ । कोकाकोलाका अनुसार यो प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको शुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खाना पनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने रहेको छ ।

उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनका लागि सधैं युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको कोकाकोलाले जनाएको छ ।  यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको कोकाकोलाले जनाएको छ ।

कोकाकोलाका अनुसार यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ । यस अफर बिनाका स्टकहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुको विवरण लागि उपभोक्ताहरुले प्रमोशनल प्याकको जानकारी हेर्न सक्ने कोकाकोलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment