+
+
Shares

अव्यावहारिक अनुगमनले व्यवसायी समस्यामा : अध्यक्ष गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २८ गते १८:२८

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अव्यावहारिक अनुगमनले व्यवसायीलाई समस्यामा पारेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले व्यवसायीमाथि खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा नहुने बताए ।

‘म आज प्रधानमन्त्रीज्यूलाई पनि आग्रह गर्न चाहन्छु, व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन’ उनले भने, ‘यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ ।’

मुलुकको अर्थतन्त्रमा करीब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र समुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको उनले बताए ।

उनले अर्थतन्त्र सुधार र निजी क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिन ‘राष्ट्रिय आर्थिक रुपान्तरण–२०३०’ को मार्गचित्र तयार पारिएको समेत जानकारी दिए । मुलुकको समृद्धिमा अहिलेभन्दा अझै व्यवस्थित र प्रभावकारी योगदान दिन उक्त मार्गचित्रले सहयोग पुर्‍याउने गोल्छाको विश्वास छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?