Comments Add Comment

क्रिएसन र कोकाकोलाद्वारा सरसफाइकर्मीका लागि व्यवसायिक सुरक्षा तालिम र स्वास्थ्य शिविर सञ्चालन

२९ चैत, काठमाडौं । क्रिएसन, कोकाकोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा सफाइकर्मीका लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाइकर्मीका लागि काम गर्ने कमजोर अवस्थालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काम गर्ने समय र काम सकिए पछि अपनाउनु पर्ने सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, कार्यस्थलमा हुने व्यवसायिक दुर्घटनाको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाका लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोग सम्बन्धी सहभागीहरुलाई जानकारी गराइएको थियो ।

सुरक्षा गियरसहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाइकर्मीलाई हस्तान्तरण गरिएको क्रिएसन र कोकाकोलाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । कार्यस्थलमा आगोबाट हुन सक्ने दुर्घटना र अन्य जोखिमलाई ध्यानमा राख्दै आगो निभाउने उपकरणहरु र अन्य सुरक्षा सुविधाहरु पनि प्रदर्शनी गरिएको थियो ।

स्वास्थ्य शिविरमा सफाइकर्मीको स्वास्थ्य समस्या र मुद्दाहरुका बारेमा डा. अनुजराज कँडेल नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण र परामर्श दिएको थियो । कार्यक्रममा अन्य प्रमुख आकर्षणहरु मध्ये एक बेलिङ साइटहरुका कर्मचारीका लागि श्रम सम्झौताको हस्तान्तरण गरिएको थियो।
उक्त सम्झौता बेलरहरुलाई काम गर्ने बेला अवस्थामा औपचारिक रुपमा उनीहरुलाई मद्दत गर्न र कामदारहरुको फाइदाका लागि सहयोग पुर्‍याउन ल्याइएको हो ।

यस पहलको बारेमा बोल्दै क्रियसनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले भने, “वेस्ट वर्कसको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको आजीविका लगायत हाम्रो वातावरण र समाजलाई जोखिममा पार्दछ। हामी उनीहरुलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरहरुको माध्यमबाट सहयोग पुराउँदै आएका छौं र कोकाकोला फाउन्डेसनले गर्दै आएको सहयोगमा उनीहरुका लागि अझ राम्रो र स्वस्थ जीवनका लागि हाम्रो प्रयास जारी राख्नेछौं ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘फोहोर र रिसाइकलिङ उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गर्दछन् । यी हिरोहरुको वीर प्रयासहरुलाई समर्थन गर्न विनम्र छौँ जसले आफ्नो स्वास्थ्य जोखिममा लिन्छन् र हाम्रो ग्रहलाई सफा बनाउन हरेक दिन खटिन्छन्।’

उक्त कार्यक्रमको पहुँच संतुगल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिङ साइटहरुको ६७ सफाइकर्मीहरुसम्म पुगेको थियो। कार्यक्रममा सहभागी एकजना सफाइकर्मीले भने, ‘हामी हाम्रो काममा आउने जोखिमहरुलाई परिवर्तन गर्न सक्दैनौँ तर बारम्बार सुरक्षा तालिम, मेडिकल चेकअपका साथ हामी यस्ता जोखिमहरुलाई रोक्न सक्षम भने हुनसक्छौँ र यसका लागि हामी आभारी छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment