
३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।
दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले अनलाइनखबरलाई बताए । बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो ।
बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्ने ह्विप जारी गर्ने जनाइएको छ ।
आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
३९ सदस्य रहेको कर्णालीमा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।
कर्णालीमा माओवादीसँग १२, काँग्रेससँग ६ र राप्रपासँग एकजना सांसद रहेका छन् । मुख्यमन्त्री जोगिन २० मत आवश्यक हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4