+
+

अदिती र धिरजको ‘बाबरी क्याफे’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १३:४६

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको छ । पूर्वको लेटाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।

चलचित्रको छायांकनका लागि यसका मुख्य कलाकार र निर्माणटिम आइतबार लेटाङ पुगेका थिए । चलचित्रको शुभसाइत गर्र्दै छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।

बाबरी फिल्मस्को प्रस्तुतिमा तयार हुन यो चलचित्रको छायांकन लेटाङ, बुधबारे र सिक्किममा हुनेछ । २ साता नेपालमा चलचित्रको छायांकन गरेपछि सिक्किम प्रस्थान गर्ने तयारीमा यसको निर्माणपक्ष छ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा धिरज र अदितीको साथमा धिरज टोटलानी, तृत्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रको छायांकनमा नायिका तृत्ती नाडकरका छोरा धिरज एक साता पछि जोडिनेछन् । २ यूवा र एक यूवतीका त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गतबर्षको लकडाउन अगाडि नै सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । तर, कोरोनाका कारण लामो समय लकडाउन भएपछि चलचित्रको काम सुरु हुन सकेको थिएन ।

नायक धिरज मगरले चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकेपछि यो चलचित्रको काम सुरु गरेका हुन् । नायिका अदिती वुढाथोकीले भने चलचित्र ‘कृ’पछि यो चलचित्रमा काम गर्न लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?