Comments Add Comment

बोल्ड एलिजा

नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय चर्चामा छिन् । कहिले उनी म्यूजिक भिडियोका कारण तथा कहिले तस्वीरका कारण चर्चामा छिन् ।

पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपछि उनले दोश्रो चलचित्रमा काम गर्ने सुरसार अझै कसेकी छैनन् । बरु, संझौता गरिसकेको चलचित्र पनि छाडिन् ।

उनै, एलिजा सामाजिक संजालमा आकर्षक तस्वीर सार्वजनिक गरेर चर्चामा आइरहेकी हुन्छिन् । हालै, उनले केही आकर्षक तस्वीर पोष्ट गर्दै लेखेकी छिन्–‘भुल्ने कुराहरु याद छ, यसैले त जिन्दगीमा विवाद छ’ ।

उसो त एलिजा आफ्ना बयानका कारण पनि बेला बेलामा विवादमा आइरहेकी हुन्छिन् । यसैले पनि उनको जीवनमा याद गर्ने थुप्रै बिषयहरु छन् । सामाजिक सेवामा पनि सक्रिय एलिजा दोश्रो चलचित्रमा सुझवुझका साथ काम गर्ने बताउँछिन् ।

तस्वीरः एलिजाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment