Comments Add Comment

स्वास्थ्य कार्यालयका कर्मचारी संक्रमित भएपछि स्वाब संकलन प्रभावित

१५ वैशाख, सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सात कर्मचारीलाई कोरोना संक्रमण हुँदा स्वाब संकलन प्रभावित भएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख, प्रयोगशाला प्रमुख, प्रशासन प्रमुखलगायत कर्मचारी एकै पटक संक्रमित भएको कार्यालयका अहेब अमर रानाले जानकारी दिए ।

उनका अनुसार कर्मचारी संक्रमित भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन लगायतका काम रोकिएका छन् । ‘प्रयोगशालाका सबै कर्मचारी संक्रमित हुनुहुन्छ, तत्कालका लागि स्वाब संकलन, संक्रमितको रेखदेखलगायतका कामहरू रोकिएका छन्,’ रानाले भने ।

जिल्लामा जनस्वास्थ्यसहित प्रदेश अस्पताल र वीरेन्द्रनगर नगरपालिकाले स्वाब संकलन गर्दै आएका छन् । तर, प्रदेश अस्पतालमा त्यहाँ पुगेका बिरामी र शुल्क तिरेर कोरोना परीक्षण गराउनेहरूको लागि मात्रै स्वास्ब संकलन हुने गरेको छ ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाले नगरबासीका लागि सोमबार र बुधबार मात्रै स्वाब संकलन गर्दै आएको छ । जनस्वास्थ्यमा स्वाब संकलन रोकिएपछि वीरेन्द्रनगर बाहेकका नागरिकलाई कोरोना परीक्षणमा समस्या हुने भएको छ ।

थप कर्मचारी नभएका कारण अर्को व्यवस्था नहुँदासम्मका लागि कार्यालयका अन्य सेवा रोक्नुपरेको बताइएको छ । तर, शव व्यवस्थापन र एम्बुलेन्स सेवा भने रोकिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment