+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

‘चलचित्रकर्मी कल्याणकारी कोष’मा बसुन्धराले हस्तान्तरण गरिन् रकम

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १०:०९

चलचित्र विकास बोर्ड अन्तरगतको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाले अमेरिका भ्रमणका क्रममा जुटाएको ३ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेकी छिन् । आफ्नो पारिवारिक भेटघाट तथा घुमघामका लागि ६ महिना अघि अमेरिका पुगेकी भुषालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई उनले नगद हस्तान्तरण गरेकी हुन् ।

चलचित्र विकास बोर्डको ‘चलचित्रकर्मी कल्याणकारी कोष’मा ४ करोड भन्दा बढी रकम छ । यो रकम संकलन गर्नमा बसुन्धराको भूमिका सबैभन्दा बढी छ ।

कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरान्त काजकिरिया सहयोग गर्ने लगायतका सेवा गर्दै आएको छ ।

उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसँग सहयोग संकलन गरेकी थिइन् । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका लोक गायक प्रेमराजा महतबाट १ लाख तीन हजार दुई सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बिस, कलाकार साराङ्गा श्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सबिता अधिकारीबाट १२ हजार ६ सय, दिव्य चन्दबाट १२ हजार एक सय बिस, कलाकार अरुणिमा लम्सालबाट १२ हजार एक सय बिस, कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बिस, कलाकार रञ्जना शर्माबाट १२ हजार एक सय बिस, कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस, कलाकार राधा शर्माबाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, अमेरिका न्युजर्सिमा बस्दै आएका प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस, अमेरिका बोस्टनवासी संचिता थापाबाट २४ हजार एक सय बिस, अमेरिका न्युयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय बिस गरि ३ लाख १६ हजार ५ सय ६० रुपैयाँ सहयोग संकलन भएको थियो ।

केही रकम बसुन्धरा भुषालको परिवारले पनि सहयोग गरेको छ । यस्तै नायक पल शाहले पनि १ लाख एक सय एक रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?