
१६ वैशाख, काठमाडौं । बिहीबार म्यानमारमा हवाइ सेनाको दुई शिविरमा आक्रमण भएको छ । अज्ञात समूहले एउटा शिविरमा विष्फोट र अर्कोमा रकेट आक्रमण गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन ।
म्यानमारको सेनाले भने आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । समाचारमा उल्लेख गरिए अनुसार मागवे सहरस्थित एक सैन्य शिविरमा बिहीबार बिहानै विष्फोट गराइएको थियो ।
विष्फोटपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने आक्रमणको केही समयपछि मेइकटिलास्थित मुलुकको प्रमुख हवाई सैनिक बेसमा पाँचवटा रकेट आक्रमण भएको थियो ।
म्यानमारमा फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारलाई हटाउँदै सत्ता कब्जा गरेसँगै म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ । सेनाविरुद्धको प्रदर्शनमा अहिलेसम्म ७५६ प्रदर्शनकारी मारिइसकेका छन् । पछिल्लो केही समययता म्यानमारका धार्मिक अल्पसंख्यक समुहले सेनामाथि छापामार आक्रमण सुरु गरेका छन् ।
म्यानमारका धार्मिक अल्पसंख्यक समूहले लामो समययता म्यानमारका छापामार युद्ध गर्दै आए पनि उच्च स्तरको सैन्य केन्द्रमा भएको आक्रमण दुर्लभ मानिन्छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4