+
+
Shares

कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्युु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते १०:११

१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भएको जानकारी दिए ।

रोकायाअनुसार होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?