+
+
Shares

अस्पतालबाट प्रेमध्वजलाई सम्झँदै मदनकृष्णले लेखे–‘मैले आँशु थाम्न सकिनँ दाइ’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १२:५८

कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका कलाकार मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संझदै भावूक स्टाटस लेखेका छन् । गायक प्रेमध्वज प्रधानको बिहिबार ८४ बर्षको उमेरमा निधन भएको थियो ।

मदनकृष्णले लेखेका छन्–‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै संगीतमा गीत गाएर प्रतियोगीतामा प्रथम भएर गीत संगीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । कसैको आँखामा पनि नविझाउने मान्छे तिमी । मनमा मानबता भएको व्यक्ति तिमी । कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी । मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी संझेको छु ।’

मदनकृष्णले आफू फेरि पनि मेडिसिटी अस्पतालमा भर्ना भएको र कोरोनालाई जित्ने आत्मविश्वास आफूमा रहेको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्–‘चाडै निको हुनेछु र निको भएर अस्पतालमा वा बागबजार घरमा तिमीलाई भेट्न आउने सोचमा थिएँ । तर, तिमीले त हामी सबैलाई छोडेर पो गैसकेका रहेछौ । मैले मेरा आँसुका धारा थाम्न सकिनँ दाई ।’

मदनकृष्णले ‘गोरेटो त्यो गाउँको लौन आज’ भन्ने गीत आफ्नो कानमा ठूलो ठूलो स्वरमा गुन्जिरहेको उल्लेख गरेका छन् । ‘माइती घर’को ‘नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो’ गीतमा प्रेमध्वजको अद्धितिय स्वर्णिम स्वरको संझना भैरहेको पनि मदनकृष्णले उल्लेख गरेका छन् ।

‘घुम्तीमा नआउ है आँखा तिमी जुधाउन’ भन्थ्यौं । अब तिम्रो तस्वीर हेरेर मन वुझाउनु बाहेक के नै बाँकी रह्यो र । तिम्रो आत्मालाई चीर शान्त मिलोस् । हार्दिक श्रद्धाञ्जली छ है दाई ।’

गायक प्रेमध्वज प्रधानको बिहिबार नै पशुपति आर्यघाटमा अन्तिम दाहासंकार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?