Comments Add Comment

कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण

२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५०, रूपन्देहीमा ७७१ र ललितपुरमा ४४८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ र भक्तपुरमा २२६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा २०४, बैतडीमा १९९, मकवानपुरमा १८३, सुनसरीमा १३०, पाल्पामा १२१, धनुषामा ११५, काभ्रेपलाञ्चोमा १०८ र पर्सा र दार्चुलामा ७८/७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीमा ७३, स्याङ्जामा ७१, अछाममा ६८, नुवाकोटमा ६७, नवलपरासी पूर्वमा ५७, धादिङमा ५२, रौतहट र नवलपरासी पश्‍चिममा ४५/४५ जना, सिन्धुली र बर्दियामा ४४/४४ जना, म्याग्दीमा ४२, डडेल्धुरामा ३९, अर्घाखाँची र दैलेखमा ३७/३७ जना, भोजपुरमा ३५, संखुवासभामा ३२ र कञ्‍चनपुरमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै मनाङमा २८, मुस्ताङमा २७, महोत्तरी, कपिलवस्तु र कालिकोटमा २५/२५ जना, बारामा २४, गोरखा र जाजरकोटमा २३/२३ जना, सप्तरीमा २२, गुल्मीमा १८, सिरहामा १७, सर्लाहीमा १६, रसुवामा १५, रामेछाप, सिन्धुपाल्चोक र तनहुँमा १४/१४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पर्वतमा १३, प्युठान र सल्यानमा १०/१० जना, दोलखामा ११, उदयपुरमा ९, इलाममा ८, धनकुटा र रूकुम पश्चिममा ६/६ जना, जुम्लामा,लमजुङ, बागलुङ र रोल्पामा ५/५ जना कोरोना संक्रमित थपिएका छन् भने खोटाङ र बाजुरामा ३/३ जना, ओखलढुंगा, ताप्लेजुङ र तेह्रथुममा २/२ जना तथा पाँचथर, सोलुखुम्बु, डोल्पा र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका २३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५५६ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment