+
+

रेमडिसिभिरको आयातमा लाग्ने सबै कर-महसुल छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १४:१२

५ जेठ, काठमाडौं । सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो ।

आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ ।

यसरी भन्सार महसुल छूटमा आएका औषधि उद्देश्यअनुसार प्रयोग भए नभएको र प्रदान गरिएको राजस्व छूट अनुसार रकम उपभोक्ताले मूल्यमा समायोजन पाए नभएको अनुगमन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाक्षिक रुपमा गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

यसअघि अर्थले अक्सिजन सिलिण्डरसहितका मेडिकल सामग्री आयातमा समेत भन्सार छुट गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?