Comments Add Comment

ठोरीमा २० बेडको आइसोलेसन सेन्टर तयार

५ जेठ, वीरगञ्ज। कोभिड–१९ संक्रमितको उपचारका लागि पर्साको ठोरी गाउँपालिकाले २० बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । घ्याँङडाँडा स्थित गुम्बाको भवनमा अक्सिजन सेवासहित २० बेडको आइसोलेसन सेन्टर तयार पारिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण ठोरी गाउँपालिकामा पनि फैलन सक्ने भएकोले आवश्यक तयारी गरिएको गाउँपालिका अध्यक्ष पदमलाल (पीएल) श्रेष्ठ जानकारी दिए ।

‘गाउँमा समस्या त देखिएको छैन, केहिलाई देखिएको थियो, होम आइसोलेसनमै बसेका छन् ।’ उनले भने ‘ गुम्बाका लागि भवन बनाएका थियौं, मूर्ति स्थापना हुन बाँकी छ, त्यसैमा आइसोलेसन बनाएका छौं । साना ठूला गरेर २० वटा अक्सिजन सिलिण्डर पनि हामीसँग छ । ’

कोरोना संक्रमित भइ सामान्य लक्षण देखिएका होम आइसोलेसनमा बस्छन् । मध्यम खालका संक्रमितलाई आसोलेसन सेन्टरमा राख्ने गरी तयार गरिएको उनले बताए । आइसोलेसनमा गाउँपालिकाका स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।

गुम्बा भवनमा आवश्यक पर्दा ५०÷६० बेड राख्न सकिने उनको भनाइ छ । गाउँपालिकाले ५ थान अक्सिजन कन्सन्ट्रेटर समेत खरिद गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङक अनुसार कोरोना संक्रमणको दोस्रो लहरमा बैशाख मसान्तसम्म ठोरी गाउँपालिकाका जम्मा ५ जना संक्रमित भेटिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment