Comments Add Comment

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण, सीसीएमसीको नेतृत्व क्षमतामाथि प्रश्न

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबार पुगेर सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कांग्रेसले नेपालमा दोस्रो चरणको महामारी आउनुमा सरकारको कमजोरी औल्याएको छ । महामारीको खतरा देखिदा पनि सरकारले भीडभाड, तडकभडक र उद्घाटनका कार्यक्रमहरु गरिरहँदा संक्रमण द्रुत गतिमा बढेको आरोप कांग्रेसले लगाएको छ । ‘निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रहरुबाट संक्रमण नभएका क्षेत्रहरुमा  चाँडो संक्रमण फैलदो छ’, कांग्रेसको निष्कर्ष छ ।

कोरोना महामारीबाट नागरिकको जीवनरक्षा गर्न स्वास्थ्य सामग्री, पीसीआर परीक्षण लगायतको विशेष व्यवस्था गर्न कांग्रेसले विभिन्न सुझाव दिएको छ । कांग्रेसले तेस्रो चरणको संक्रमणबारे समेत सचेत गराएको छ । तेस्रो चरणको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न खोपको सुनिश्चितता गर्न कांग्रेसले माग राखेको छ । त्यसका लागि कुटनीतिक पहल लिन पनि सरकारलाई सुझाव दिएको छ ।

महामारी फैलिनुको कारण, रोकथाम तथा उपचारबारे सुझाव दिएको कांग्रेसले सरकारबाट भएको भ्रष्टाचारबारे पनि प्रश्न उठाएको छ । पहिलो चरणको महामारीमा देखिएको अनियमितता, भ्रष्टाचारबारे छानविन गरिनुपर्ने माग पनि कांग्रेसले राखेको छ ।

पहिलो चरण र यसपटकको महामारी नियन्त्रणमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को नेतृत्व क्षमताबारे पनि कांग्रेसले प्रश्न उठाएको छ । ‘कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ । कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको छ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment