Comments Add Comment

योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

६ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनःनियुक्तिपश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओलीसमक्ष सपथ कँडेलले सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण पश्चात उपाध्यक्षले कँडेलले राष्ट्रिय योजना आयोगमा पदभार ग्रहण गर्दै ११ वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment