News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डीको समूह ‘बी’ को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको छ।
- जापानको तोकाइ सिटिजन जिम्नेसियममा नेपाल पहिलो हाफमै २८–२४ ले पछि परेको थियो।
- नेपालले दोस्रो खेलमा मंगलबार पाकिस्तानसँग र भोलि नै इरानसँग खेल्ने तालिका छ।
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डी प्रतियोगिताको समूह ‘बी’ को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको छ ।
सोमबार जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल पहिलो हाफमै २८–२४ ले पछि परेको थियो ।
दोस्रो हाफमा पनि थाइल्यान्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो । त्यससँगै नेपाल ११ अंकको अन्तरले पराजित भयो ।
नेपालले अब आफ्नो दोस्रो खेलमा भोलि मंगलबार पाकिस्तानसँग खेल्नेछ । भोलि नै नेपालले इरानसँग पनि खेल्ने तालिका छ ।
प्रतिक्रिया 4