Comments Add Comment

नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने

६ जेठ, काठमाडौं ।कोरोना भाइरसको महामारीका बीच अध्यागमन विभागले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यसअघि विभागले कार्यालय समय घटाएर काम गरिरहेको थियो ।

विभागका अनुसार यो अवधिमा नेपालमा अलपत्र परेका विदेशीको प्रस्थान सहजीकरण सम्बन्धी कार्य भने नियमित हुनेछ । अध्यागमन विभागको स्थान हदमा रहेका, कारागार तथा अन्य निकायबाट जिम्मा लगाइएको विदेशीको निष्काशन सम्बन्धी काम समेत नियमित हुनेछ ।

नेपालमा जन्म भई विदेशी राहदानी प्राप्त गरेका नाबालक यसै अवधिमा विदेश प्रस्थान गर्ने भएमा निजलाई  प्रदान गरिने प्रवेश भिसा सम्बन्धित काम समेत निरन्तर रहने भएको छ ।

यस अवधिमा नेपाल बाहिर प्रस्थान गर्ने विदेशीको हकमा प्रस्थानको समयमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलबाटै भिसा नियमित हुने भएको छ । नेपालमै रहेका विदेशीले अध्यागमनसम्बन्धी सेवा लिन परेमा भने निषेधाज्ञा खुलेको १ सातासम्म बीना कुनै शुल्क तथा जरिवाना सेवा लिन सक्ने भएका छन् ।

यसबीचमा अत्यावश्यक परि भिसा नियमित गर्नुपर्ने, पदयात्रा अनुमति लिनु परे वा अन्य सेवा लिनु पर्ने विभागका सम्पर्क गर्न समेत सेवाग्राहीसँग विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment