+
+
Shares

भुलभुलेमा फेरि गयो भूकम्प, ५.३ म्याग्‍नेच्युट मापन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते ८:५७

५ जेठ, काठमाडौं । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।

बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको हो ।

पहिलो भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको थियो । तर दोस्रो भूकम्पको क्षतिबारे जानकारी आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?