Comments Add Comment

चिकित्सक संघद्वारा १०० बेडको आइसोलेसन स्थापना

Photo Credit : प्रतिनिधिमूलक तस्वीर

७ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदि फाउण्डेसनले संयुक्त रुपमा कमलपोखरीस्थित अग्रवाल भवनमा १०० शय्याको आइसोलेसन सेन्टर बनाएका हुन् ।

चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टिनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । यसको अलावा कोभिड-१९ का विरुद्ध अहोरात्र खट्ने चिकित्सकहरुलाई खानाको व्यवस्था गरिएको, मास्क आवश्यक हुनेहरुका लागि मास्क बैंकको स्थापना गरिएको पनि चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

केही दिनमै कोभिड-१९ को सम्बन्धमा एक हजार जनालाई तालिम दिन लागिएको पनि उनले जानकारी दिए । चिकित्सक संघले कोभिड संक्रमण भई होम आइसोलेसनमा बसेकाहरुका लागि आवश्यक स्वास्थ्य सल्लाह र उपचार प्रक्रियामा सहजीकरण गर्नका लागि कल सेन्टर समेत सञ्चालन गरेको छ ।

एन एम ए हटलाइन नम्बर ११५६ मा कल गरी स्वास्थ्य परामर्श लिन सकिने जनाइएको छ । कल सेन्टर जेठ ७ गते दिउँसो ३ बजेदेखि ८ बजेसम्म र त्यसपछि हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गरिएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment