
७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका थप ११ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशालयले कञ्चनपुरका ९ सहित ११ जनाको मृत्यु भएको जनाएको छ ।
निर्देशनालयका अनुसार बैतडी र अछामका थप १÷१ जनाको मृत्यु भएको हो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय १८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा झण्डै ११ सय जना संक्रमित थपिएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा २ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शुक्रबार थपिएका समेत गरेर प्रदेशभर संक्रमितको संख्या ३४ हजार ६ सय १ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4