+
+
Shares

मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १३:२६
मालीका राष्ट्रपति बाह नदा

११ जेठ, काठमाडौं । मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ ।

संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका अनुसार सेनाले प्रधानमन्त्री मोक्तार औएने र राष्ट्रपति बाह नदालाई नियन्त्रणमा लिएको हो ।

मालीमा नौ महिनाअघि मात्र सेनाले कू गर्दै मुलुकका राष्ट्रपतिलाई पदबाट हटाएको थियो ।

सोमबार मालीको सरकार पुनर्गठन भएसँगै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको यो । पुनर्गठनको क्रममा गत वर्ष भएको ‘सैन्य कू’मा संलग्न दुई वरिष्ठ सैन्य अधिकारीलाई सरकारबाट हटाइएको थियो ।

उनीहरुले पुनः सैन्य कू गर्न सक्ने आशंका बढेसँगै सरकारले उनीहरुलाई पदबाट हटाएको थियो । यो अन्तरिम सरकारमा सेनाको ठूलो प्रभाव रहेको भन्दै मानिसहरुले विरोध गर्दै आएका थिए ।

यसअघि मालीमा भएको सैन्य कूको फाइदा उठाउँदै इस्लामिक चरमपन्थी संगठनले मालीको एक क्षेत्रमा आफ्नो कब्जा जमाएका थिए । त्यसपछि फ्रान्सेली सेनाले उक्त जमिन फिर्ता ल्याउन मालीको सहयोग गरेको थियो । तर, त्यसपछि भने अहिले आक्रमण भने भइरहेको छ ।

संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले अहिले नियन्त्रणमा लिइएका नेताहरुलाई विनाशर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?