+
+
Shares

माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १७:४०

१५ जेठ, काठमाडौं । सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो ।

गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाएका थिए । सरकारले यससँगै अन्य ठाउँमा धार्मिक पर्यटनको विकासका लागि पनि बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?