Comments Add Comment

अक्षयको ‘पृथ्वीराज’को नाम परिवर्तन गर्न करणी सेनाको चेतावनी

बलिउड नायक अक्षय कुमार र नायिका मानुषी छिल्लरको मुख्य भूमिका रहेको चलचित्र ‘पृथ्वीराज’ निर्माण नसकिदै समस्यामा परेको छ । यो चलचित्रको नाम परिवर्तन गर्न भारतका करणी सेनाले चेतावनी दिएको छ । चलचित्रको नाम परिवर्तन नभएको खण्डमा निर्माणपक्षले ठूलो क्षती ब्यहोर्नुपर्ने चेतावनी करणी सेनाको छ ।

यो चलचित्रलाई यशराज ब्यानरले निर्माण गरिरहेको छ । यो चलचित्र राजा राजपुत पृथ्वीराज चौहानको जीवनीमा आधारित रहेर निर्माण भैरहेको छ । चलचित्रमा पृथ्वीराज चौहानको भूमिकामा नायक अक्षय कुमारले अभिनय गरिरहेका छन् ।

राजपुत संगठन करणी सेनाका यूवा विंग अध्यक्ष तथा चलचित्र मेकर सुरजित सिंह राठौरले भारतीय मिडियासँग भनेका छन्–‘जब चलचित्र महान राज पृथ्वीराज चौहानको जीवनमा आधारित छ भने किन यसको टाइटल पृथ्वीराज मात्र राखिएको ? हामी चाहन्छौं कि चलचित्रको टाइटलमा उनको पुरा नाम समावेश गरियोस् र उनलाई सम्मान दिइयोस् ।’

यस्तै, करणी सेनाले चलचित्रको रिलिज अगाडि विशेष शोको आयोजना गरेर आफूहरुलाई चलचित्र देखाउनु पर्ने माग पनि गरेको छ । अन्यथा, चलचित्रको निर्माणपक्षले ‘पद्यमावत’को हालत व्यहोर्नुपर्ने चेतावनी करणी सेनाले दिएको छ ।

यो चलचित्रको निर्देशन डाक्टर चन्द्रप्रकाश द्धिवेदीले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment