Comments Add Comment

कोका–कोला फाउन्डेशनद्वारा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न सहयोग

कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागिकोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।

यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्येको एक हो । यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेड्क्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पीपीईका लागि प्रदान गरेको हो ।

यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा नहुने फाउन्डेसनले जनाएको छ । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रियसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ ।

कोका–कोला फाउन्डेशनका प्रेसिडेन्ट र अक्ष्यक्ष बीए पेरेजले कोभिड–१९ का बिरामीहरुको लागि थप अक्सिजनको उपलब्धता सिर्जना गर्ने क्रियसनको प्रयासलाई समर्थन गर्ने बताए ।

अक्सिजन उत्पादन गर्ने युनिटले २०,००० भन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको सप्लाईले ठूलो फाइदा हुने फाउन्डेसनले बताएको छ । यसबाट १८,००० भन्दा बढी अस्पतालको बेडहरुले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउँनेछन् र ५,००० भन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइने पनि फाउन्डेसनले बताएको छ ।

क्रियसनका फाउन्डर र प्रेसिडेन्ट आनन्द मिश्राले क्रियसनले शुरु गरेको अक्सिजन फर नेपाल नेपालमा कोभिड–१९ विरुद्ध सबैभन्दा ठूलो गैर–सरकारी ह्युमानिटेरियन रेस्पन्स भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment