+
+
Shares

नेपाललाई खोप उपलब्ध गराउन डेनमार्क सकारात्मक *

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १५:१६

२३ जेठ, काठमाडौं । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएको छ ।

डेनिस सरकारले खोप उलपब्ध गराउन सक्ने संकेत देखाएपछि स्वास्थ्य सेवा विभागले पत्र लेखेर एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह टिकंरीले जानकारी दिए ।

उनका अनुसार खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ ।

नेपाललाई हालसम्म चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने भारतले ११ लाख  (भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख समेत) खोप उपलब्ध गराएको छ । कोभ्यास कार्यक्रमार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ ।

पछिल्लो पटक अमेरिकाले पनि कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालले भारतको शेरम इन्स्टिच्युटसँग २० लाख डोप कोभिसिल्ड खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोप आएपनि बाँकी १० लाख अझै आएको छैन ।

* सरकारी अधिकारीले डेनमार्कले खोप उपलब्ध गराउने भनेपनि कति र कहिले भन्ने प्रष्ट नभएकाले यो समाचार सच्याएका छौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?