
२७ जेठ, काठमाडौं । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले कोरोना महामारीमा ज्यान गुमाएका स्वास्थ्यकर्मी तथा विश्वभरका मानिसहरुको सम्झनामा सातवटै प्रदेशमा दीप प्रज्वलन गरेको छ ।
आफ्नो १६ औ स्थापना दिवसको अवसर पारेर मेलानले बुधबार साँझ विराटनगर, इटहरी, जनकपुर, सिरहा, वीरगञ्ज, भरतपुर, हेटौंडा, धुलिखेल, काठमाडौं, बुटवल, रुकुम, बाँके, सुर्खेत, धनगढी लगायतका शहरमा दीप प्रज्वलन गरेको हो ।
कोभिड–१९ को महामारीमा ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गर्दै दीप प्रज्वलन गरिएको मेलानका अध्यक्ष राजेन्द्र खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4