Comments Add Comment

कंगनाको पासपोर्ट नविकरण गर्न विभागले मानेन, अदालत पुगिन् नायिका

नायिका कंगना रनावत गतबर्षदेखि निरन्तर विवादमा छिन् । उनले दिएका बयानका कारण उनले समस्या पनि झेल्नु परिरहेको छ ।

गतबर्ष बीएमसीले कंगनाको मुम्बइमा रहेको अफिस भत्काइदिएको थियो । एकपटक फेरि कंगना समस्यामा परेकी छिन् । यसपटक, उनी पासपोर्ट नविकरण नभएपछि अदालत पुगेकी छिन् ।

पासपोर्ट विभागले कंगनाको पासपोर्ट नविकरण गर्न नमानेको हो । एक चलचित्रको छायांकनका लागि उनलाई वुडापेष्ट जानुपर्नेछ । कंगनाको पासपोर्टको समय सेप्टेम्बरमा सकिदैछ । यसैले, उनले पासपोर्ट नविकरणका लागि अपिल गरेकी थिइन् ।

तर, कंगनाको नाममा बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको छ । सोही, एफआइआरका कारण पासपोर्ट विभागले उनको पासपोर्ट नविकरण गर्न अस्विकार गरेको हो ।

जुन १५ देखि कंगनालाई बुडापेष्टको यात्रा गर्नुपर्नेछ । तर, पासपोर्ट नविकरण नभएपछि कंगनाले अदालतमा उजुरी दिदै आफू एक नायिका भएका कारण छायांकनका लागि विभिन्न देशमा जानुपर्ने भएकाले पासपोर्ट नविकरणका लागि अपिल गरेकी हुन् ।

उनले, एफआइआरलाई कारण देखाउँदै पासपोर्ट नविकरणको अधिकारमा संझौता नगर्न पनि उजुरीमा उल्लेख गरेकी छिन् ।

कंगनाको उजुरीको सुनुवाई जुन १५ तारिखमा हुनेछ । गतबर्षको अक्टुबर १७ तारिखमा कंगनाले विभिन्न धार्मिक समुहविच दुश्मनी बढाउनका लागि सहयोग गरेको भन्दै उनीविरुद्ध एफआइआर दर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment