
८ असार, काठमाडौं । बाँकेमा कोभिड–१९ को पहिलो लहरमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आश्रित परिवारलाई राहत रकम दावीका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बाँकेले आह्वान गरेको छ ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउने राहत प्राप्तिका लागि असार १५ गतेभित्र आवश्यक कागजातसहितको निवेदन दिन प्रशासनले आह्वान गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार आश्रित परिवारलाई राहत रकम लिनका लागि निवेदन माग गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
उनका अनुसार राहत रकम दावीका लागि कोभिड–१९ को परीक्षण रिपोर्ट पोजेटिभ, मृतकसँग हकवालाको नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित स्थानीय तहको सिफारिस, राहत रकम दावीकर्ताको नागरिकताको प्रतिलिपी र रकम दावीकर्ताको खाता नम्बर प्रष्ट देखिने चेकको प्रतिलिपीसहित निवेदन दिनुपर्ने छ ।
ओलीका अनुसार कोरोनाको पहिलो लहरबाट बाँकेमा ५६ जनाको मृत्यु भएको र उनीहरुको नाम र ठेगानासहित राहत रकमको व्यवस्था प्रदेश सरकारले गरिसकेका कारण निवेदनका लागि आह्वान भएको हो ।
हेर्नुहोस् पत्र
प्रतिक्रिया 4