Comments Add Comment

अमेरिकामा चिडियाखानाका जनावरलाई पनि कोरोना खोप लगाउन सुरु

२१ असार, काठमाडौं । अमेरिकाले चिडियाखानाका जनावरहरुलाई पनि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

अमेरिकाले परीक्षणको क्रममा रहेको खोप जनावरहरुलाई लगाउन थालेको हो । सन्फ्रान्सिस्कोको बे एरिया चिडियाखानामा बाघ, भालु र फेरेटसलाई कोरोना खोप दिइएको छ ।

शनिबार दिइएको जानकारी अनुसार उक्त चडियाखानाका दुई बाघलाई खोप लगाउँदै जनावरहरुलाई खोप कार्यक्रम सुरु गरिएको हो । अहिले चिडियाखानामा जनावरहरुलाई दिइएको खोप न्यु जर्सीस्थित फर्मा कम्पनी जोएटिसले विकास गरेको हो ।

चिडियाखानाको भेटेरिनरी सेवाका उपाध्यक्ष एलेक्स हर्मनले अहिलेसम्म चिडियाखानाका कुनै पनि जनावरलाई कोरोना संक्रमण नदेखिएको तर उनीहरुको संरक्षण आवश्यक देखेर उनीहरुलाई खोप लगाउने निर्णय भएको बताइन् ।

उनका अनुसार यसअघि जनावरहरुलाई कोरोना संक्रमणबाट बचाउन भौतिक दूरीको नियम पालना गर्ने र कर्मचारीहरुलाई पीपीई अनिवार्य गर्नेलगायतका नियम लगाइएको थियो । अहिले जनावरहरुलाई पनि खोप लगाउन पाउँदा भने खुसी लागेको हर्मनको भनाइ छ ।

जोएटिस कम्पनीले अमेरिकाको विभिन्न ७० चिडियाखाना, संरक्षण क्षेत्र, शैक्षिक संस्था र सरकारी संस्थामा रहेका जनावरहरुका लागि ११ हजार डोज खोप दिने बाताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment