+
+

पूर्वमन्त्री साहविरुद्ध प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १७:४८
फाइल तस्वीर

२१ असार, काठमाडौं । एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ ।

विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो ।

बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको छ । ‘ठाडो उजुरी मात्र परेकाले बुझ्ने काम गरिरहेका छौं’ लामाले अनलाइनखबरसँग भने, ‘उहाँ नेताज्यूको घरमा पनि जानुभएको रहेछ ।’

प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिएकी हुन् । सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ । तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन ।

एक प्रहरी अधिकृत भन्छन्, ‘पैसा दिएको पुष्टि गर्ने आधारहरु पनि देखिएकाले उहाँलाई केही नभनेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?