+
+

सर्वोच्चको फैसलाबाट संविधानको रक्षा : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १५:११

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको व्याख्या गर्दै अदालतले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका हुन् । नेता थापाले कसैलाई अदालतको आदेश मन नपरे असहमत हुन सकिने तर अस्वीकार गर्न नसक्ने समेत बताएका छन् ।

‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ, तर अस्वीकार गरिंदैन, उनले फेसबुकमा लेखेका छन्, ‘उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्यवनमा बाधा पु¥याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं । नत्र भीरबाट खस्नेलाई रामराम ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?