
३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संसद भवनमा छुट्टै छलफल चलिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि संसदमा छलफल चलिरहँदा माधव समूहका सांसदहरु भने छुट्टै छलफलमा रहेका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि माधव समूहका सांसदहरु छुट्टै छलफलमा बसेका हुन् ।
ठाकुर पक्षले पनि मत दिने भएपछि देउवाले एमालेको मतबिनै बहुमत पाउने भएका छन् । यसअघि ठाकुर पक्षले देउवालाई समर्थन गरेको थिएन भने माधव समूहले विश्वासको मत दिने तयारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4