१० साउन, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले २७ औं वाषिर्क साधरण सभा बोलाएको छ । आगामी साउन ३१ गतेका लागि इन्स्योरेन्सले साधरणसभा मिति तय गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ को वाषिर्क प्रतिवेदन पारित गर्नका साथै लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ का लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने एजेन्डा तय गरेको छ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन २० गतेका दिनदेखि बुकक्लोज गर्ने जनाएको छ । साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयर धनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4