Comments Add Comment

नेप्सेलाई पनि अर्थले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद

१४ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिवादका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई पनि स्पष्टीकरण सोधेको छ । यस अघि मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यो विष्यामा स्पष्टीकरण सोधेको थियो ।

अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।

नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि श्रीमतीको नाममा सर्वोत्तमको सेयर किनेका छन् । बोर्डका अध्यक्षको छोरीको नाममा र नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा सेयर नामसारी भएको भेटिए पछि इन्साइडर ट्रेडिङ भएको भन्दै कारबाहीको हुनुपर्ने आवाज उठेको छ ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाखाशाले तीन दिनको समय सीमा नै तोकेर स्पष्टीकरण सोधे पनि बोर्ड अध्यक्ष तथा सीईओ साउदको नाम भने तोकेको छैन ।

महाशाखाका शाखा अधिकृत श्याम प्रसाद आचार्यले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा कार्यालयको नाममात्रै उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment