
नेपाली म्यूजिक भिडियोमा मोडल सुधिर श्रेष्ठ गज्जबैले जमेका छन् । उनले अभिनय गरेका केही गीतका भिडियो सफल छन् भने केही गीतका भिडियोले औषत दर्शक पाएका छन् । तर, पनि उनको व्यस्तता भने उस्तै छ । यसैविच, उनले गायक नितिन गजुरेल स्वरमा समावेश ‘कसम हो कसम’ बोलको गीतको भिडियोमा अभिनय गरेका छन् । यो गीतमा मुनाल शिशिर कोइरालाको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत छ ।
नितिनलाई गायिका अनु चौधरीले गायनमा साथ दिएकी छन् । भिडियोमा सुधिर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा बिष्णु खड्काको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4