
पछिल्लो केही समयदेखि नेपाली गीतसंगीतमा गायिका रचना रिमालको स्वर गज्जबले भिजेको छ । रचनाले स्वर दिएका दर्जनौं गीतहरुले दर्शकको मन जितेका छन् । रचना, पछिल्लो पुस्ताकी सर्वाधिक लोकप्रिय गायिका हुन् । तर, उनै रचनाको स्वरमा समावेश कैयौं गीतहरु राम्रो भएर पनि भिडियो कमजोर बन्दा ओझेलमा परेका छन् । अझ, केही गीतहरुको भिडियोमा जर्बजस्ती मोडल बनेका अनुहारहरु राखिदिदा झनै समस्या हुने गर्दछ । तर, गायिका रचना रिमाललाई भने यो कुराको खासै भेउ छैन ।
उनले भनिन्–‘अडियो विगारिदिदा त कहिलेकाही चित्त दुख्छ । कहिलेकाही आफूले गाएको गीतमा आफ्नै स्वर होइन कि जस्तो पनि लाग्छ । तर, भिडियोको बिषयमा त मलाई केही पनि थाहा छैन ।’
रचनाले अगाडि भनिन्–‘कुनै भिडियोमा जसले लगानी गर्छ उहाँहरुले नै मोडल को राख्ने भन्ने अधिकार हुन्छ । मलाई त यो बिषयमा थाहा नै छैन । तर, गीतका भिडियोहरु राम्रो हुँदा हामीलाई पनि फाइदा भएको छ । अब, नराम्रो त हुँदै जान्छ के भन्नु र ।’
नेपालमा गायक–गायिकाको स्वरलाई कसले कतीबेला कुन मोडल राखेर भिडियो बनाउँछ थाहा हुँदैन । अझ, भिडियोमा लगानी गरेर मोडल बन्ने होडबाजी चल्दा राम्रा गीतले गतिलो भिडियो र गीतको भाव अनुसार अभिनय गर्न सक्ने मोडल पाएका छैनन् । तर, रचना भने भिडियोको बारेमा आफूलाई थाहा नभएको भन्दै यो बिषयमा मतलब नभएको कुरा गर्छिन् ।
प्रतिक्रिया 4