Comments Add Comment

कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ : नवराज सिलवाल

२० साउन, काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । यस्तो धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने उनको भनाइ छ ।

सिलवालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ ।’

व्यक्तिभन्दा पनि संस्थाहरुको प्रणाली र संस्कारलाई समयानुकूल परिमार्जन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी गरेका छन् । सो तयारी अनुसार ऊर्जामन्त्री भुसालले प्राधिकरणका हालका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन भनिसकेको स्रोतले जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले घिसिङलाई निरन्तरता नदिएपछि शाक्य प्राधिकरणको नेतृत्वमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment