+
+

विराट गोल्डकपमा आठ लाख मुनाफा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १८:४३

१६ भदौ, विराटनगर । विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगितामा ८ लाख रुपैयाँ मुनाफा भएको छ । गत चैत २६ देखि वैशाख ४ गतेसम्म चलेको प्रतियोगितामा ८ लाख २ हजार रुपैयाँ मुनाफा भएको आयोजकले जनाएको छ ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपका संयोजक मनोजविक्रम शाहले प्रतियोगिता १ करोड ४७ लाख ७४ हजार रुपैयाँ आम्दानी र १ करोड ३९ लाख ७२ हजार रुपैयाँ खर्च हुँदा बाट ८ लाख २ हजार रुपैयाँ बचत भएको उनले बताए ।

प्रतियोगितामा टिकटबाट ५९ लाख ७६ हजार रुपैयाँ संकलन भएको  थियो । प्रदेश १ सरकारले ४० लाख रुपैयाँ दिने जनाएर अन्तिममा १४ लाख ७७ हजार मात्र दिएका कारण प्रतियोगिताको मुनाफा उनको भनाइ छ ।

शाहका अनुसार विराटनगर महानगरपालिकाले ११ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ३ लाख ९४ हजार, मुख्य प्रायोजकबाट २० लाख, प्रायोजकबाट १० लाख, सह–प्रायोजकबाट १७ लाख २५ हजार, ब्यानर प्रायोजकबाट ८ लाख, खाना प्रायोजकबाट २ लाख ५० हजार संकलन भएको थियो ।

प्रतियोगितामा पुरस्कार खर्च ३५ लाख ११ हजार, खेलाडी टोली खर्चमा ३२ लाख ३४ हजार, प्रचारप्रसार तथा मिडियामा १५ लाख २५ हजार, ६ लाख ३६ हजार, मिडिया खर्च ८ लाख ८८ हजार, फ्लेक्स होर्डिङ बोर्डतर्फ ९ लाख ९६ हजार, कार्यालय व्यवस्थापनमा ९ लाख २८ हजार, मैदान मर्मतमा ४ लाख ८ हजार, रंगशाला मर्मत तथा खर्चमा ७ लाख, ३ लाख २६ हजार रंगशाला खर्च भएको छ ।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले कोरोना महामारीका बाबजुद सबै दर्शकले स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतियोगिता सफल बनाइदिएको बताए ।

प्रतियोगितामा भारतको पञ्जाब पुलिसलाई १ शून्यले स्तब्ध बनाउँदै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी हात पारेको थियो । पञ्जाबले ७ लाख ५१ हजार नेपाली रुपैयाँ हात पारेको थियो ।

प्रतियोगितामा एपीएफ, पञ्जाब पुलिस, विराटनगर महानगरपालिका ११, संकटा क्लब, अफ्रिकन रुट्स एशोसिएसन, सिक्किम युनाइटेड भारत, युनाइटेड फुटबल क्लब भारत, गोर्खा ब्वाइज रुपन्देही, मच्छिन्द्र क्लब काठमाडौं र नेपाल पुलिस क्लबको सहभागिता जनाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?