+
+

शतप्रतिशत अकुपेन्सीमा देशैभर नखोलेसम्म उपत्यकाका हल नखोल्ने चलचित्र संघको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १५:०९

जिल्ला प्रशासन कार्यलय, काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खोल्न दिने निर्णय केही दिन अगाडि गरेको थियो । प्रशासनको यो निर्णयले चलचित्रकर्मी पनि उत्साहित भएका थिए ।

तर, चलचित्र संघले गठन गरेको टास्क फोर्सले भने तत्काल हल नखोल्ने निर्णय गरेको छ । चलचित्र संघका महासचिव अशोक शर्माले प्रशासनले गरेको अव्यवहारिक निर्णयले तत्काल हल खोल्ने वातावरण बन्न नसक्ने बताए । उनले भने–‘काठमाडौं उपत्यकामा मात्र ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न दिने निर्णय व्यवहारिक छैन । यसैले, देशभरका हल शत प्रतिशत अकुपेन्सीमा सञ्चालनमा नआएसम्म हल नखोल्ने निर्णय गरेका छौं । हामी भोलीदेखि नै सरकारसँग कुराकानी अगाडि बढाउने तयारीमा छौं ।’

शर्माले, लामो दुरीका बस, एयरलाइन्सहरु शत प्रतिशत अकुपेन्सीमा देशैभर संचालन गर्न दिदा कोरोना नसर्ने तर २ सय दर्शक हलमा राखेर चलचित्र देखाउँदा कोरोना सर्छ भन्ने भ्रमबाट सरकार मुक्त हुनुपर्ने बताए । उनले भने–‘हल बन्द गर्दा केन्द्रिय सरकारले नै गर्ने । तर, खोल्दा प्रशासनलाई निर्णय गर्न दिएर हुन्छ ?’

शर्माले कुनै ठाउँमा कोरोना संक्रमणको जोखिम उच्च भएको अवस्थामा सीडीओलाई बन्द गर्न सक्ने अधिकार दिएर सरकारले नै देशभर हल खोल्ने निर्णय गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?