+
+

टाटा मोटर्सले ल्यायो दशैं लक्षित ‘हातै खाली नजाने अफर’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १९:३७

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि ‘हातै खाली नजाने अफर” ल्याएको छ ।

यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट फोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकले ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३ जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्नेछन् ।

सिप्रदी ट्रेडिङ–कमर्सियल भेहीकल बिजनेस युनिटका जेनरल म्यानेजर अनुपमणि ढकालले व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न कम्पनी सधैं क्रियाशील रहेको बताए । हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धि सकारात्मक प्रक्रिया आएको उनले बताए । उनका अनुसार यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?