+
+

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १६:०९

३१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

पार्टीका त्रय अध्यक्षहरु(प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा) को उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टीको सांगठनिक तह निर्वाचन सम्बन्धी बिनियमावली २०७७ परिच्छेद ३ को दफा १९) (ग) लाई थप गरिएको छ जसमा सम्बन्धित वडा र प्रदेशसभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउनेछ । साथै सम्बन्धित प्रदेशसभा अन्तर्गतका सवै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिबेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने छन् ।

तर पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेका व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने बैठकले निर्णय गरेको पार्टीका केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राप्रपाले आगामी कार्तिक २७ गते महाधिवेशन गर्ने तय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?