+
+

मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १८:५९

५ असोज, सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी नियुक्त गरेको पाइएको छ ।

विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई कार्यालयको काम गर्न राखिएको छ । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् ।

शर्मा यसअघि करार सेवामा कम्प्युटर अपरेटरको रुपमा मालपोत कार्यालयमा कार्यरत थिए । शर्मासहित सुनीता चन्द, सुमित्रा चपाइँ र लेखा ज्ञवाली गत फागुनमा करार सेवामा कम्प्युटर अपरेटरमा नियुक्त भएका थिए । चारै जनाको करार अवधि असार मसान्तमा सकिएको थियो ।

करार अवधि सकिए पनि शर्मा कार्यालय नियमित आएर काम गरिरहेका छन् । कार्यालयका निमित्त प्रमुख हमालले कम्प्युटर अपरेटरमा शर्मालाई नियुक्ति नदिइएको बताए । ‘उसलाई नियुक्ति पत्र दिएको छैन । भदौ १ गतेदेखि काम गर्दै आइरहेको छ । करार दरबन्दीमा काम गर्दै आइरहेको साँचो हो,’ उनले भने ।

विगतमा विज्ञापन गरेर कर्मचारी राख्दा राजनीतिक दबाब आएको भन्दै उनले यस पटक विज्ञापन नगरिएको बताए । ‘राजनीतिक दबाबकै कारण गत फागुनमा पनि एकजनाको ठाउँमा चारजनालाई राखिएको हो, अब असारयता चारैजनालाई राख्न नसक्ने स्थिति आएपछि उहाँहरुलाई बिदा गरेका हौं,’ निमित्त प्रमुख हमालले भने ।

उनले कार्यालय प्रमुखमा कमलबहादुर शाहीलाई पनि नियुक्ति नदिइएको बताए । करारमा राखिए पनि अहिलेसम्म हाजिर नगराएको र तलब नदिइएको उनले जानकारी दिए ।

‘कार्यालय प्रमुखले एक लाख सम्मको कन्ट्रयाक्टमा काम गराउन पाउने सार्वजनिक खरीद ऐनमा भएको व्यवस्था अनुसार उसलाई काममा राखिएको हो’ उनले भने, ‘यसमा कुनै नै प्रतिस्पर्धा गराइएको छैन । तलब पनि निर्धारण भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?