+
+

मलाई लिप्सिङका लागि मात्र बोलाइएको थियोः समीक्षा अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १४:००

गायिका समीक्षा अधिकारी बुधबार आयोजना भएको एक गीतको रिलिज कार्यक्रममा पुगेर पनि सुटुक्क हिडेको बिषयले यतिबेला चर्चा पाएको छ । समीक्षाले मिडियासँग कुराकानी गर्न नचाहेको धेरैको वुझाई छ ।

नेत्र भण्डारी र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक एक गीत रिलिज कार्यक्रममा पत्रकारलाई २ घन्टा कुराएर स्थगित गरियो । समीक्षा कार्यक्रम हुने स्थानमा पुगेर भिडियोका लागि लिप्सिङ दिएर सुटुक्क हिडेको गायक नेत्रले नै आरोप लगाएका छन् ।

तर, अनलाइनखबरसँग कुरा गर्दै समीक्षाले आफूलाई पत्रकार सम्मेलनको बिषयमा जानकारी नै नभएको बताइन् । भनिन्–‘मेरो दैनिक थुप्रै गीतको रेकडिङ हुने गर्दछ । यसैले, मैले आयोजकलाई भिडियोमा लिप्सिङका लागि मात्र आउँछु भनेर जानकारी गराएको थिएँ । तर, म कार्यक्रम हुने स्थानमा पुग्दा त मिडियाकर्मीलाई देखे । मैले, निर्देशक काशिज श्रेष्ठलाई म अहिले मिडियासँग बोल्दिनँ भनेर जानकारी गराएको थिए । खै, आयोजकले किन मलाई फसाउन खोज्यो मलाई थाहा छैन ।’

समीक्षाले मिडियामा अन्तरवार्ता दिने वा नदिने भन्ने कुरा आफ्नो अधिकारको बिषय भएको समेत बताइन् । बजारमा चलेका हल्लाहरु गलत भएको भन्दै समीक्षाले आफू गीत गाउनमा नै व्यस्त भएको समयमा यस्ता हल्ला चलाइएकोमा दुःख व्यक्त गरिन् ।

समीक्षाले भनिन्–‘आयोजकले मसँग पत्रकार सम्मेलन गरेर गीत रिलिज गर्ने बिषयमा सल्लाहा गर्नु भएको थियो । मैले, गीतको प्रमोशनका लागि आफू लागिपर्ने तर पत्रकार सम्मेलन भने नगर्न आग्रह गरेको थिएँ । तर, लिप्सिङका लागि पुग्दा मिडियाकर्मी देखेर म आफै छक्क परेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?